काठमाडौं । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा पूर्वसांसद गंगा चौधरीले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छिन् । सामाजिक संजालमा एक स्टाटस मार्फत चौधरीले दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने घोषणा गरेकी हुन् ।
दाङको निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो नाम सिफारिस भएतापनि पार्टीले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तय भएको भन्दै गंगा चौधरीले स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिने घोषणा गरेकी हुन् । उनले अर्को निर्वाचन क्षेत्रकी शान्ता चौधरीलाई पार्टीले आफ्नो क्षेत्रबाट उठाएको भन्दै असन्तुष्टीका साथ स्वतन्त्र उम्मेदवारी दिन लागेको बताएकी छिन् ।
उनले लेखेकी छिन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु । जनता भगवान हुन् । जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैंछु । हजुरहरुको साथ चाहिएको छ ।’
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते