बडादशैंको छैठौं दिन, आज कात्यायनी देवीको पूजा आराधना गरिंदै

बडादशैंको छैठौं दिन, आज कात्यायनी देवीको पूजा आराधना गरिंदै

Katyani-devi

काठमाडौं । बडा दशैंको छैठौं दिन । आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।

कात्यायिनी देवीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं पर्व मनाउने गरिएको धार्मिक विश्वास छ।

शिरमा अर्धचन्द्र धारण गरेकी, नाना प्रकारका अलंकार या आभूषणबाट सुशोभित भएकी, चार हात भएकी, पद्म, पुष्प तथा तरबार धारण गरेकी स्वरूपमा कात्यायनी देवीलाई लिइन्छ।

घटस्थापना गरेसँगै नौ दिनसम्म नवदूर्गाका नौवटा रूपहरूमध्ये पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौंं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने चलन छ।

नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुईँचो लाग्ने गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ