पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन्। खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण हमाल, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जसपाका नेता होरिलाल चौधरीलगायत एमाले प्रवेश गरेका हुन्।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेललगायतले प्रवेशीलाई स्वागत गरेका थिए। त्यस्तै, ०६४ मा सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित संविधानसभा सदस्य तथा नेकपा (एस)का केन्द्रीय सदस्य प्रकाश पाख्रिन पनि एमाले प्रवेश गरेका छन्।
खनाल काठमाडौँ या तनहुँबाट चुनाव लड्ने गरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप थियो । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।
उनले भने, ‘३० वर्ष प्रहरीमा रहेर देशको सेवा गरेँ अब पार्टी प्रवेश गर्दैछु । पार्टीले दिने जिम्मेवारी पूरा गर्छु, म काठमाडौँ ६ या तनहुँ मेरो रोजाइमा पर्छ तर पार्टीले दिने जुनसुकै जिम्मेवारी पूरा गर्न तयार छु ।’
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते