काठमाडौं । काठमाडौंमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो। टाउको र तिघ्रामा गोली लागेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो।
हिजो साँझ साढे ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले मोहम्मदलाई गोली प्रहार गरेका थिए।
घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ