राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कास्की जिल्ला अधिवेशन असोज २९ गते

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कास्की जिल्ला अधिवेशन असोज २९ गते

lokdohori kaski

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कास्की जिल्ला अधिवेशन असोज २९ गते हुने भएको छ । प्रतिष्ठान कास्कीको शनिबार बसेको बैठकले ८ औँ जिल्ला अधिवेशन एवं २१ औँ वार्षिक साधारणसभा असोज २९ गते गर्ने निर्णय गरेको प्रतिष्ठानका सदस्य रचित पौडेलले जानकारी थिए ।

प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको अध्यक्षता एवम् केन्द्रीय सचिव जीवन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले असोज १० गते दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

प्रमुख अतिथि दाहालले नेपाली गीत संगीतको ईतिहासमै कलाकारहरुको सर्वोत्कृष्ष्ट छाता संगठन दोहोरी प्रतिष्ठान रहेको बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको निर्देशन तथा प्रदेश कार्य समितिको निर्णयानुसार कार्तिक मसान्तसम्ममा जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । यसैले कास्की जिल्लाले असोजमै अधिवेशन गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds