पोखरा उद्योग वाणिज्य संघले दसैं र तिहारलाई लक्षित गर्दै उपभोग्य सामग्रीमा छुट दिन व्यवसायीसँग आग्रह गरेको छ । अध्यक्ष पवनकुमार प्रजापतिले संघ अन्तर्गत रहेका विभिन्न वस्तुगत संघका अध्यक्ष र प्रतिनिसिँगको बिहीबार भएको बैठकमा यस्तो आग्रह गरेका हुन् ।
‘चाडबाडमा सहुलियत दरमा उपभोग्य सामग्री बिक्री बितरण गर्दा व्यवसायी र उपभोक्ताबीचको सम्बन्ध सुमुधुर हुन्छ’, उनले भने, ‘त्यसले व्यवसाय विस्तारमा पनि सघाउँछ, सामाजिक उत्तरदायित्व पनि बहन हुन्छ ।’ अध्यक्ष प्रजापतिले स्वच्छ व्यवसाय गर्न तथा चाडवाड लक्षित अनुगमनलाई सघाउन पनि व्यवसायीसँग आग्रह गरे । अनुगमनको नाममा हुने अनावश्यक धरपकड भने अस्वीकार्य हुने उनको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले व्यवसायीको सरोकार रहेको घरभाडा, न्यून बिजीकरण, बैंक ब्याज लगायतका समस्याबारे संघले निरन्तर पैरवी गरिरहेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले चाडवाड लक्षित सुव्यवस्थित बजार पोखरा उद्योग वाणिज्य संघको चाहना भएको बताए । कास्की पोखरा हस्तकला संघकी उपाध्यक्ष तथा संघकी पूर्वकार्यसमिति सदस्य सीता गुरुङले कच्चा पदार्थको मूल्य बढ्दा हस्तकला उद्योग संकटमा परेको सुनाइन् । पोखरा हार्डवयर एसोसियनका अध्यक्ष शेषकान्त ढकालले चाडवाडमा अखाद्य बस्तुको बिक्री–वितरण नगर्न व्यवसायीसँग आग्रह गरे ।
अधिकृत बिक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठले माल ढुवानी गर्ने साधनको स्वरुप बिगारेको आरोपसहित आफूहरुमाथि प्रहरी प्रशासनले अनावश्यक दुःख दिएको गुनासो गरे । बढ्दो ट्राफिक अव्यवस्थालाई कम गर्न थोक बिक्रेताले साना गाडी प्रयोगमा ल्याएको र खाद्य सामग्रीको सुरक्षाका लागि छत र सामान निकाल्ने ढोका राख्दा समस्या भएको उनको भनाइ छ ।
पृथ्वी होटल संघका अध्यक्ष बालकृष्ण न्युरेले घरबहाल कर एकीकृत सम्पत्ति करसँगै उठाउने व्यवस्था हुनुपर्ने माग गरे । साँघुमुख महेन्द्रपुल व्यवसायी संघ अध्यक्ष रामचन्द्र तिमिल्सिनाले पोउवासंघले आयोजना गर्ने मेलामा स्थानीय उत्पादनको प्रदर्शनी र बिक्री हुनुपर्ने माग गरे । पोखरा फेब्रिकेटर्स एसोसियसन अध्यक्ष विश्वप्रकाश श्रेष्ठले नेपालको कर नीति राजस्व संकलनमा मात्रै केन्द्रीत भएकाले त्यसमा सुधार जरुरी भएको बताए ।
नेपाल सुनचाँदी तथा रत्न आभूषण संघका अध्यक्ष रामबहादुर विश्वकर्माले राजधानी बाहिरका व्यवसायीले काँचो सुन नपाएको गुनासो गरे । बगर व्यवसायी कल्याणकारीका अध्यक्ष प्रकाश बास्तोलाले पोखरा उद्योग वाणिज्य संघले वस्तुगत संघ र सरकारबीच पुलको काम गरोस् भन्ने कामना गरे ।
औषधी व्यवसायी संघ कास्की अध्यक्ष टीकाराम सापकोटाले सहकार्यले मात्रै समृद्धि हाँसिल हुने बताए । मुद्रण उद्योग संघ कास्की अध्यक्ष गिरबहादुर श्रेष्ठले मुद्रण उद्योगमा दक्ष जनशक्ति अभाव भएको बताउँदै जनशक्ति उत्पादनमा लाग्न संघसँग अनुरोध गरे । पोखरा महानगर चेम्बर अफ कमर्सका अध्यक्ष सविन जिसीले दसैंको बेला सरकारी तबरबाट दिइने छुट काठमाडौं केन्द्रीत भएको गुनासो गरे ।
पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष पविन्द्र पालिखेले नक्सा पास नभएका घर टहरा भत्काउने महानगरको निर्णयले केही व्यवसायी समस्यामा परेको जानकारी गराए । पुस्तक तथा स्टेसनरी व्यवसायी संघ अध्यक्ष बैकुष्ठ पौडेलले अहिले व्यवसाय प्रवद्र्धनभन्दा पनि सुरक्षा मुख्य चुनौती भएको धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले आउँदो दसैं र तिहारमा खाना पकाउने एलपिजी ग्यासको अभाव हुन नदिने प्रतिवद्धता गरे ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ