काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको जनाएको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई चालु आर्थिक वर्षको साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम भएको छ ।
त्यस्तै, अमेरिकी डलर सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ ।
सम्बन्धित खबर
बैंकमा पैसा धेरै भएपछि राष्ट्र बैंकले ४० अर्ब खिच्दै
सुनको मूल्य तोलामा ११०० रुपैयाँले बढ्यो
बढ्यो सुनचाँदीको मूल्य
सुजल फुड्सको क्यान्डी रिमझिम बल पुनः बजारमा आउँदै
घट्यो सुनचाँदीको मूल्य
डिजेल र मट्टितेलको मूल्य बढ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ