राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा किटानी जाहेरी परेको नेपाल प्रहरीको एक उच्च अधिकारीले जानकारी दिए ।
१७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले होटलमा लगी जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी उच्च स्रोतले जनायो । प्रहरीले मंगलबार नै ती किशोरीको मेडिकल जाँच पनि गराएको छ।
सन्दीप यतिबेला नेपाल बाहिर छन् । हाल उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट ईण्डिजमा छन् । पूर्वी अफ्रिकी देश केन्यासँग टी–२० र एकदिवसीय क्रिकेट खेल्न राष्ट्रिय टोलीको नेतृत्व गर्दै भदौ ६ गते केन्या गएका सन्दीप टी–२० को पाँच म्याचको शृंखला खेलेपछि एक दिवसीय नखेली वेस्ट ईण्डिज गएका हुन् । पाँच म्याचको शृंखलामा उनकाे कप्तानीमा नेपालले ३–२ ले सिरिज जितेकाे छ । शुक्रबारदेखि सुरू एकदिवसीय नखेली क्लबमा पैसाका लागि खेल्न गएकाे भनेर उनकाे आलोचना भएको छ । गत सिजन भने ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सिपिएलमा कुनै पनि खेल खेलेका थिएनन् । सन्दीप पूर्वनिर्धारित तालिकाअनुसार नै केन्या भ्रमण छाडेर सिपिएल खेल्न वेष्टइन्डिज लागेको बताइएको छ । सन्दीपले सिपिएलमा जमैका तल्लाजावजबाट खेल्दैछन् । अब याे मुद्धाले असर पर्ने देखिएकाे छ ।
समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर, मंगलबार साँझ मात्र उजुरी परेको हो । बालिकाले आरोप लगाएको जबर्जस्ती करणीको घटना उनी केन्या जानुभन्दा अघिल्लो रातको हो।
के हो घटना ?
प्रहरीले जाहेरी अनुसार दिएको जानकारीको आधारमा सन्दीप र जाहेरीकर्ता किशोरी प्रेमसम्बन्धमा भने थिएनन् । किशोरी सन्दीपको ठूलो फ्यान हुन् । उनीहरुको चिनजान सामाजिक सञ्जालमै भएको थियो । सन्दीपले स्न्यापच्याट ‘स्यान्डी ड्रिम्स’ नाममा चलाउँछन् । उनले ति किशोरीसँग सोहि आईडीमार्फत् कुरा गर्थे । अरुभन्दा भिन्न सुविधा स्न्यापच्याटमा के छ भने, म्यासेज सिन गर्नासाथ अटो डिलिट हुन्छ । त्यसैले पनि सन्दीपले किशोरीसँग इन्स्टाग्राम, फेसबुकबाट म्यासेज नगरी स्न्यापच्याटमार्फत् गर्दै आएका थिए ।
केन्या जानु अघिल्लो दिन भदौ ५ गते सन्दीपले नै किशोरीलाई ‘डेट’ का लागि अफर गरे । होस्टल बसेर अध्ययनरत ति किशोरीले केहीछिन बाहिर निस्कने, फोटो खिचेर फर्कने मनसायका साथ खुशीसाथ स्विकारिन् । त्यसपछि, सन्दीप आफै कार लिएर किशोरी लिन होस्टल अघि आए । सन्दीपले किशोरीलाई कारमा राखेर सिधै नगरकोट लगे । किशोरीको मोबाइलसमेत सन्दीपसँगै रहेकाले उनको साथीहरुसँग सम्पर्क हुन पाएन । किशोरीले फर्कन आग्रह गर्दा पनि सन्दीपले अटेर गरे ।
नगरकोटमा पुगेर सन्दीपले मद्यपान पनि गरेको किशोरीको जाहेरीमा उल्लेख रहेको प्रहरीको श्रोतले बताएको छ । किशोरीले फर्कने जिद्धी गरेपछि सन्दीप पुनः काठमाण्डौ फर्के । राति ११ बजिसकेकाले होस्टल ८ बजे बन्द भइसकेकाले होटलमा जाने प्रस्ताव सन्दीपले गरे । किशोरीले २ कोठा बुक गर्न भने । तर, सन्दीपले होटलवालासँग कुरा गरेको बहानामा एउटा कोठामात्र रहेको बताए । अरु विकल्प नभएपछि होटलमा सन्दीपसँगै किशोरी गइन् । त्यसपछि सन्दीपले आफूलाई समेत मापसे गराएर लठ्याई जबर्जस्ती करणी गरेको जाहरीमा किशोरीले उल्लेख गरेकी छन् । पिंगलास्थानस्थित होटल काठमाडौं इनमा दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।
भोलिपल्ट सन्दीप गए र सोहि दिन केन्याका लागि प्रस्थान गरे । उनले किशोरीलाई सबै ठाउँबाट ब्लक गरेपछि किशोरी मानसिक रुपमा विक्षिप्त बनिन् । उनले आफूले ४ दिनपछि साथीलाई घटनाबारे बताएको र प्रहरीमा जाहेरी दिन सल्लाह मिलेकाले प्रहरीकहाँ पुगेको उल्लेख गरेकी छन् ।
राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ । प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।
मंगलबारमात्रै नायक पल शाह विरुद्ध जिल्ला अदालत नवलपुरले साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको फैसला गरेको छ । एक नाबालिग गायिकाले बलात्कार गरेको आरोपमा तनहुँ र नवलपुरमा जाहेरी दर्ता गरेकोमा नवलपुर अदालतले फैसला गरेको हो । तनहुँमा फैसला हुनै बाँकी छ । बलात्कार मुद्धामा सफाई पाएपनि बाल यौन दुरुपयोग मुद्धामा उनी दोषी ठहर भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको बुझिएको छ ।
अभिनेता पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ