पोखराको न्यू मोडल स्कूलकी तुलसी व्यवस्थापन संकायमा कास्कीकै उत्कृष्ट

पोखराको न्यू मोडल स्कूलकी तुलसी व्यवस्थापन संकायमा कास्कीकै उत्कृष्ट

New Model Tulasi

पोखरा ८ नागढुंगा स्थित न्यू मोडल सेकेण्डरी स्कूलकी तुलसी खत्री कक्षा १२ मा व्यवस्थापन संकायमा कास्की उत्कृष्ट भएकी छन् । उनले कूल ३.७५ जीपीए प्राप्त गरिन् ।

विद्यालयका प्रिन्सिपल लक्ष्मण पोखरेलले कास्की जिल्लामै उनले व्यवस्थापन संकायमा उच्चतम् जीपीए ल्याएको बताए ।

केफ उच्च माविका साहिल गुरुङले पनि व्यवस्थापन तर्फ नै तुलसीसँग बराबर जीपीए ल्याएका छन् । अहिलेसम्म कास्कीका विद्यालयको दाबी हेर्दा तुलसी र साहिल नै कास्कीमा व्यवस्थापन तर्फ उच्चतम् जीपीए ल्याउने विद्यार्थी हुन् ।

अहिलेसम्म विद्यालयको दाबी हेर्दा मदरल्याण्ड उच्च माविका विज्ञान विषयका सम्राट ढुंगानाले ३.८८ जीपीए ल्याउँदै समग्रमा कास्की प्रथम बनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ