काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नक्सा पासबिना निर्माण भएका अदालतकाे संरचना पनि भत्काइने चेतावनी दिएका छन्।
महानगरभित्र बनेका सबै अनधिकृत संरचना भत्काउने प्रस्ट पार्दै उनले जिल्ला अदालतले नक्सा पास भएकाे प्रमाण पेश गर्न नसके संरचना भत्काइने बताएका हुन्।
बुधबार न्युरोडस्थित आरबी कम्प्लेक्समा बनेको अनधिकृत संरचना हटाउन पुग्नुभएका मेयर साहले सबै अनधिकृत संरचना हटाउने बताए ।
महानगरको कदमले साना व्यापारीहरू मारमा परेका भन्ने व्यापारीहरूको गुनासोको जवाफमा उनले सबैलाई समान रूपमा कानुन लाग्ने उल्लेख गरे। नक्सा पास नगरी बनाएको पाइए काठमाडौं जिल्ला अदालतले समेत त्यस्ता संरचना भत्काउने भन्दै साहले भने, ‘नियम ठूलोलाई लाग्ने, सानोलाई नलाग्ने भन्ने हुँदैन, सबैलाई बराबर हुन्छ। हामीले जिल्ला अदालतलाई समय दिएका छौँ। जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि त्यहाँ पनि डाेजर चल्छ ।’
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते