काठमाडौं । आगामी भदौ १४ गतेदेखि रोयल एफसी खुल्ला सेभेन ए साइड फुटसल टुर्नामेन्ट हुने भएको छ। रोयल एफसी फुटसल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता जी–फोर फुटसल ग्राउण्ड मनमैजु, काठमाण्डौमा हुनेछ।
आयोजक रोयल एफसीका अनुसार खेल नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगितामा ३२ टीमले सहभागिता जनाउने अनुमान गरिएको छ । फुटसल खेल र खेलाडीको खेल क्षमता विकासमा मद्दत पुग्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजक क्लबका अध्यक्ष पुरन गुरुङका अनुसार विजेता टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविता टिमले ५० हजार प्राप्त गर्नेछ। व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कृत गरिने गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते