धादिङ । धादिङमा एक महिलामा हैजा देखिएको छ। स्वास्थ्य कार्यालय धादिङका अनुसार जिल्लाको थाक्रे गाउँपालिका– २ सिम्लेकी महिलामा हैजा देखिएको हो।
साउन २९ गते झाडाबान्ता भई उपचारका क्रममा टेकु अस्पताल काठमाडौँ पु¥याइएकोमा हैजा पुष्टि भएको हो। अन्य चार जना स्थानीयलाई समेत सोही प्रकारको लक्षण देखिएको स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले जानकारी दिए।
हैजा देखिएपछि मंगलबार बिहान धादिङबेंसीमा बैठक बसेर स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी तथा गैरसरकारी संस्थाका प्रतिनिधि समेत खटाइने निर्णय गरिएको छ।
पानी उमालेर खान, व्यक्तिगत सरसफाईमा ध्यान दिन, खाना तथा पानी छोपेर खान, बासी खानेकुरा नखान स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ। पिउने पानीको नमुना संकलन गरी पानीको गुणस्तर परिक्षण गर्ने पनि निर्णय गरिएको छ।
सम्बन्धित खबर
इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला
त्रिशूलीमा ट्रक खस्यो
सत्रकिलो बस दुर्घटनामा पोखरा बस्ने एकसहित ५ जनाको मृत्यु, एक गम्भीर [अपडेट]
चितवनमा बस र माइक्रो बस ठोक्किँदा ५ जनाको मृत्यु, ३ जना घाइते
बसको ठक्करबाट एक जनाको मृत्यु, २ गम्भीर घाइते
दुई किशोर घरमै डाकेर पत्नीमाथि सामूहिक बलात्कार, पति पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ