तनहुँ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ।
कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए।
कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे। कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए। आइतबार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो।
सम्बन्धित खबर
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. काफ्ले नियुक्त
‘हिजो अर्काको मेलापर्म गर्ने दामोदर आज सफल व्यवसायी’
ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी
तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
मुग्लिन–पोखरा बाटो सहज बन्दै
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग