काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन्।
पार्टीको दमक नगर कमिटी कार्यालयमा बिहीबार अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको प्रशंग उठाएका हुन्।
त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क थियो। यस्तो प्रवृत्ति स्थानीय निर्वाचनमा पनि देखिएको उल्लेख गर्दै उनले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटकपटक दोहोरिनु हुँदैन। अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु।’
२ महिनाअघि सम्पन्न स्थानीय चुनावमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको गृहनगर दमक नगरपालिकाको मेयरमा राप्रपाका रामकुमार थापा निर्वाचित भएका थिए।
This will close in 3 seconds
सम्बन्धित खबर
एमाले सत्ता पक्ष बनेपछि गण्डकी प्रदेशसभा अधिवेशन २६ गतेबाट
एमालेको लक्ष्य : ०८४ मा एकल बहुमतको सरकार
हतियार तस्करी आरोप लागेपछि बोले योगेश, समिति बनाएर छानविन गरी प्रमाणित गर्न दिए चुनौति
उद्योग तथा पर्यटन मन्त्री बस्यालको पहिलो निर्णयः गण्डकी प्रदेशमा पर्यटन नीति तर्जुमा कार्य सुरू
कृषिमन्त्री जिसीको पहिलो निर्णय: पशुको आकस्मिक मृत्यु भए तत्काल क्षती वापतको रकम दिने
मन्त्री केसीको पहिलो निर्णयः गण्डकीका यातायात कार्यालयमा हेल्प डेस्क राख्ने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग