पोखरा । पोखरा– ८, नागढुङ्गास्थित नागमन्दिर संरक्षण समितिले हालै सम्पन्न गरेको नाग मन्दिर मर्मत सम्भार तथा जीर्णोद्वार कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ ।
समितिले उक्त कार्यको समिक्षाका लागि आयोजना गरेको समिक्षा बैठक समारोहमा ति सहयोगीहरु सम्मानित भएका हुन् । सम्मानित व्यक्तिहरुलाई समुहका अध्यक्ष कमला श्रेष्ठले खादा माला अबिरले सम्मान गरिन् ।
सोही समारोहमा समितिलाई पोखरा–८ एयरपोर्ट निवासी रुपा बराल र देवी पोखरेलले ६/६ थान प्लाष्टिक कुर्सी सहयोग प्रदान गरे । समारोहमा एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष संगिता तिमिल्सीना, निवर्तमान अध्यक्ष श्याम श्रेष्ठ, नागढुङ्गा आमा समुहका अध्यक्ष कमला केसी लगायतले नाग मन्दिर संरक्षण समितिले समुह गठनको छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेकोमा प्रशंसा गरे ।
संरक्षण समितिले मन्दिर संरक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर ८ को २ लाख तथा समितिकै १ लाख १३ हजार रुपैयाँ सहित ३ लाख १३ हजार खर्चमा बार लगाउने, ढुङ्गा विच्छाउने, रंगरोगन तथा शिला खेल तयार गरेको थियो । समितिका सचिव सिमा लामिछानेले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
पुतलीबजारमा अब निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण सुविधा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला