काठमाडौं । २२ दिनदेखि आन्दोलनरत शिक्षकहरूले आन्दोलन थप चर्काउने भएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि शिक्षक आन्दोलन थप कडा हुने बताएका छन् । अध्यक्ष सुवेदीले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।
महासंघको मंगलबार बसेको बैठकले आन्दोलनलाई थप कडा र दरिलो बनाउने निर्णय गरेको थियो । आजदेखि शिक्षकहरूले आजदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्दै छन् ।
“यतिका दिनसम्म यहाँहरूले प्रदर्शन गर्नुभएको अनुशासन र संयमको सबैले प्रशंसा गरेका छन् । त्यसैले सदाझैँ अनुशासति, संयमित र मर्यादित भएर जुलुसमा सहभागी हुनुहोला । गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला, ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरूलाई पनि प्राप्त होस् । महासंघले निषेध गरेका कुनै पनि काम नगर्न नगराउनुहुन सबै साथीमा विनम्र अनुरोध गरिन्छ,” सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
शिक्षकहरूले शिक्षा ऐन जारी हुनुपर्ने माग राखेर २२ दिनदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित आन्दोलन गरिरहेका छन् ।
शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा प्रभावित भएको छ । मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने निर्णय गरेको थियो । तर, बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्मका लागि परीक्षा सार्ने निर्णय गरेको थियो ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की