काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफुबिनाको एमाले र एमालेबिनाको नेपालको खोजी भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
उनले अहिले आफूहरु मिसन ८४ मा केन्द्रित रहेको बताउँदै फेरि पनि मेची–महाकाली यात्रामा निस्किएर शक्ति देखाउने बताए ।
“हामी मिसन ८४ मा केन्द्रित छौँ । कुनै प्रकारको द्विविधा मनमा नलिनुस् । आत्मविश्वास राणा शासनसँग जुधेर बाँचेर आएको पार्टी हो,” उनले भने, “पञ्चायत र निरंकुश राजतन्त्रसँग जुधेर आएको पार्टी हो । सबै शक्ति एकजुट भएर सिध्याउँछु भनेर आउँदा जोगिएर आएको पार्टी हो । यो कुरा जनताले बुझेको छ । अब पनि मेची महाकाली यात्रा गर्नेछौँ ।”
उनले अहिले एमालेबिनाको नेपाल खोजी भइरहेको भन्दै आपत्ति जनाए ।
“किन खोजिँदैछ केपी ओली बिनाको एमाले ? मनसाय राम्रो भएको भए छाडिदिन्थेँ,” उनले भने, “केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल चाहियो रे ? मिसन ८४ मा हेरौला ?”
उनले नयाँ शक्तिले प्रधानमन्त्रीले राजीनामा कहिले दिने भनेर प्रश्न गरेको बताउँदै आक्रोश व्यक्त गर्दै भने, “पर्ख पर्ख मैले १५ महिनामा राजीनामा दिन्छु । प्रधानमन्त्रीको राजीनामा कहिले भनेका छन् ? मैले भन्छु १५ महिनामा राजीनामा दिन्छु । पर्ख पर्ख १५ महिनामा राजीनामा दिन्छु । पत्रिकालाई अरु नै बनाउन मन होला ।”
आरजू राणाको बैठक र शेरबहादुर देउवाको भ्रमणलाई लिएर यहाँ सरकारका विरुद्धमा अफवाह फैलाइएको बताए ।
“कांग्रेस र एमाले मिल्नुहुँदैन भनेर खोज्न जानुभएको हो ? शेरबहादुर देउवा थाइल्यान्ड ?,” उनको प्रश्न थियो, “१५ महिनापछि देउवालाई सत्ता हस्तान्तरण गर्ने हो । उहाँको सरकारमा आए हुन्छ । अहिले नै सहयोग गरे पनि हुन्छ । देउवा आएपछि के हुन्छ भनेर हल्ला चलाएका छन् । नेपालमा प्रतिगमन हुनेवाला छैन ।”
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला