काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् ।
नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
“क जना मन्त्रीले राजीनामा दिएको कुरामा धेरै हल्ला भएको छ । किन भन्दा प्रधानमन्त्रीले काम गर्न दिनुभएन रे ?, उनले भने, ‘मैले बनाएको मन्त्री, मैले सहयोग गरिरहेको छु । सिकाइरहेको छु ।’
शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताए ।
प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उनले आपत्ति जनाएका छन् ।
‘अस्ति भर्खरै पनि अप्रेसन गर्नुभयो । धेरै ठूलो मन्त्रालय छैन । सजिलो पनि छैन । त्यसो भएर स्वास्थ्य कारण देखाउनुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वास्थ्यको कारणले उहाँले काम गर्न सक्नुभएन भने आजको अखबारमा सबैको हेडलाइन मेरो विपरित छ । सबैले एकठाउँमा बसेर सल्लाह गरेर लेखेजस्तो छ । प्रस्ताव पारित नै गरेर टेलिफोन गरेर योजनावद्ध भएर लेखेका छन् ।”
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला