काठमाडौं । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट राजीनामा दिइसकेकी खुलेको छ ।
प्रतिनिधि सभा सांसदसमेत रहेकी पूर्व शिक्षामन्त्री श्रेष्ठले २ साता अघि चैत १८ गते रवि लामिछाने पार्टीमा सभापतिका रूपमा फर्किएकै दिनमा राजीनामा बुझाएको बताइन्छ । पहिले नै राजीनामा दिने तयारीमा भएपनि रवि हिरासतमा रहेकाले नदिएको उनी निकट नेताहरू बताउँछन् ।
रास्वपाले केन्द्रीय समिति बैठक आज बोलाएको छ । सुमनाले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा भने सार्वजनिक गरेकी छैनन् । आज केन्द्रीय समिति बैठकमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको उनीनिकट एक नेताले बताए।
सुमनाले एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने माग रहेको र आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने भएकाले राजीनामा गरेको बताइन्छ ।
लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । यसअघि केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय समिति नै पुनर्संरचना गर्ने बताएका थिए। तर श्रेष्ठले त्यसअघि नै आफू पार्टीकोभन्दा पनि संसदीय भूमिकामै बढी केन्द्रित हुन चाहेको बताएकी थिइन्।
२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्रीमा मनोनित गरेको थियो।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला