काठमाडौँ । काठमाडौँमा ठूलो परिमाणमा अबैध सुनचाँदी कारोबार गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
यही वैशाख २ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले विभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा उनीहरु बिल बिजक बिनाको सुन र चाँदी तथा नगतसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भई हाल काठमाडौँ बस्ने वर्ष ३० को नबनाथ बाकुकसीद, बर्ष २० को सन्दिप पोपट हजारे, बर्ष २२ को अन्सार दिलावर सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय, वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले, वर्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली छन् ।
प्रहरीका अनुसार जोरपाटीबाट ६७४।८२८ ग्राम सुन, ६००९.५९ ग्राम चाँदी तथा नगद ४ लाख १९ हजार ११५ नेपाली रुपैयाँ र नगद ११ हजार ७०० भा.रु., कपनबाट १९१.८२० ग्राम सुन, ७६४०.२४४ ग्राम चाँदी तथा नगद ३ हजार ३८५ नेपाली रुपैयाँ र चावहिलबाट २०९.८७ ग्राम सुन, ४३९५.६९ ग्राम चाँदी तथा नगद ४ लाख ५ हजार नेपाली रुपैयाँ गरी जम्मा १०७६.५१८ ग्राम सुन, १८०४५.५२९ ग्राम चाँदी तथा ८ लाख २७ हजार ५०० नेपाली रुपैयाँ र ११ हजार ७०० भा.रु समेत बरामद गरेको छ ।
काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अबैध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी सुरु गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ