पोखरा । चर्चित कलाकार बद्री पंगेनी सोमबार १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिए । उनले त्यहाँ भरपुर मनोरञ्जन पनि दिए।लोकदोहोरीका अलवा उनले थुप्रै गीत गाए ।
तिम्रो राशी तुला पर्यो, नाचौला झ्याउरेको तालैमा, अझै गणतन्त्र आएको छैन लगायतका गीत उनले प्रस्तुत गरे । त्यसमध्ये तिम्रो राशी तुला पर्यो.. धेरै दर्शकले रुचाए ।त्यसका अलवा पंगेनी दर्शक माँझ नै गाएर अन्य थुपै गीतहरु पनि गाए।
उनलाई धेरै दर्शकले साथ पनि दिए । यतिसम्मकी आफ्ना गीत गाउन उनले दर्शकलाई नै माइक समेत उपलब्ध गराए र दर्शकले फटाफट उनका गीत गाए ।
पंगेनी जस्तै सोमबार महोत्सवमा कलाकार चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, सन्ध्या विसी, अनिल चापागाइँ, संजीव सिंह राना तथा आवाज व्याण्डले प्रस्तुतिहरु राखेको सांस्कृतिक उपसमिति संयोजक सुर्य कुँवरले जानकारी दिए।
त्यस्तै मंगलबार अर्जुन सापकोटा, सुमन बिटी, मञ्जु विक, सुदिप क्षत्री, कृष्ण भट्टराई तथा आगमन व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ।
महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ।
महोत्सवको ९ औं दिन सोमबारसम्म करिव ८५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ७ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।

त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी त्यहाँ घरयासी सामग्री, लत्ताकपडा, भाडाकुडा किन्नेको संख्या बढी छ ।त्यहाँ कृषितर्फ ३० तथा १ सय २० वटा व्यापारिक स्टल छन्।
सबै स्टलबाट व्यापार राम्रो भइराखेको छ, महोत्यव अन्तिम तिर भएकाले किनमेलका लागि घुइचो जस्तै लागेको छ, हामीहरु स्टल संचालकको निरन्तर सम्पर्कमा पनि छौं, आज सोमबार साँझसम्म गरी २ करोड ८० लाख बढीको कारोवार भएको अनुमान छ, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने।
त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । सोमबार साँझसम्म ३२ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।
हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । महोत्सव बाहेक हेमजाका अन्य ठाउँहरुबाट समेत यतिवेला आलुको कारोबार भइरहेको छ।
यही चैत २४ बाट सुरु महोत्सव बैशाख ३ गतेसम्म चल्नेछ।समापनको दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ ।
सम्बन्धित खबर
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितता छानविन गर्न कास्की काँग्रेसको माग
र्यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस
तनहुँकी एक महिलाले ढुङ्गाले हानेर चारमहिने छोराको गरे हत्या
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध