तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा सोमबार आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जितेका छन् ।
शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।
प्रतियोगितामा खोटाङका गजेन्द्र राई द्वितीय, रोल्पाका मनकुमार रोका मगर तृतीय, धनकुटाका उमेश थापा चौथो र भक्तपुरका विकास राई पाँचौँ भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३३ हजार ३३३, दोस्रो हुनेलाई रु २२ हजार २२२, तृतीय हुनेलाई रु ११ हजार १११, चौथो हुनेलाई रु पाँच हजार ५५५ र पाँचौँ हुनेलाई रु तीन हजार ३३३ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए ।
त्यस्तै महिलातर्फ लमजुङका विपना लामा प्रथम, लमजुङकै करुणा गुरुङ दोस्रो र तनहुँका सरस्वती डुम्राकोटी तृतीय भएका छन् ।
उनीहरुलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा १६६ धावकको सहभागिता रहेको थियो । कोत्रेबाट सुरु भएको दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपुर, भुजिकोट, स्थानथोक हुँदै भूमेभैरव कोट पुगेर सकिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको हो । उक्त ठाउँमा यसअघि विसं २०७५ मा पहिलोपटक दौड आयोजना गरिएको हो । दौडले यस ठाउँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको क्लबका अध्यक्ष अनिल खनालले बताए ।
सम्बन्धित खबर
प्रथम लायन्स कप भलिबल खेल्न इरानी टोली पोखरा आइपुग्यो
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
पोखरा चुक्दा ललितपुर अपराजित रहँदै एनएसएल च्याम्पियन, ८० लाख पुरस्कार
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ विधाको प्रायोजन सिटिजन फर्निचरले गर्ने
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन