बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते

Baglung-Jeep-Accident

बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

सोमबार दिउँसो तमानखोला गाउँपालिका २ कटेरीमा ग १ ज ५७०५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।

उक्त जिप बोङ्गादोभानबाट कटेरीतर्फ जाँदै गरेको थियो । जिपमा चालकसहित ११ जना थिए ।

कच्ची बाटोमा उकालो चढ्ने क्रममा ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ