गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते

accident-road_traffic

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भीमसेन थापा गाउँपालिका– ६ अश्राङका २४ वर्षीय केशव पाण्डे रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट गोरखातर्फ आइरहेको बा ८८ प ९७६२ नम्बरको मोटरसाइकल राति गोरखा नगरपालिका– ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका पाण्डेको गोरखा अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान साँढे तीन बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ वर्षीय रविन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी काठमाडौँ वीर अस्पतालमा थप उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ