केपी ओलि कप टी २० क्रिकेट जारी

केपी ओलि कप टी २० क्रिकेट जारी

समूह सी बाट हिमाल फ्रेन्ड्स सेमीफाइनलमा

IMG

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० खुल्ला राष्ट्रिय क्लब स्तरीय क्रिकेट प्रतियोगितामा हिमाल फ्रेन्ड्सले अन्तिम चारमा स्थान बनाएको छ ।

आइतबार भएको समूह ‘सी’ को अन्तिम खेल वर्षाका कारण रोकिएपछि हिमाल फ्रेन्ड्सले डकवर्थ लुइस स्टर्न मेथड (डिएलएस) को आधारमा ३ रनले मधेश प्रदेशलाई हराउँदै समूह विजेता बन्न सफल भएको हो । चार टिम रहेको समूह ‘सी’ को अन्तिम चरण अन्तरगतको पहिलो खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले कर्णाली एकेडेमीलाई ५ विकेटले हराएको छ ।

१०२ रनको विजयी लक्ष्य पाएको लुम्बिनीले १७ ओभरमा ५ विकेटको क्षतिमा १०२ रन बनायो । तुलबहादुर थापाले २८ रनको अविजित पारी खेले उनले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे । सन्दिप राजालीले २७ रनमा अविजित रहे । उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । ओपनर देव खनाल २ रनमै आउट भए । रन्जित खत्रीले २१, प्रज्वल थापा ६, निश्चल चौधरी ७ र मोहम्मद हुसेन ८ रनमा आउट भए । कर्णालीका लागि नरेन्द्र सन्जाल र सुवाष भण्डारीले २–२ तथा कृष्ण कार्कीले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै १०१ रन बनायो । कर्णालीका लागि सुवाष भण्डारीले २६ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका प्रहार गरे । सौरभ सकर्मीले २३ रनको योगदान दिए । उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । विपिन शाहीले १९ तथा कृष्ण कार्कीले १३ रनको योगदान दिए । नरेन्द्र सन्जाल र दिपेन्द्र यादव समान ५/५ रनमा नटआउट रहे । ओपनर अदित्य विक्रम शाह र अरुण ऐरी शुन्यमै पेभिलियन फर्किए भने रविन्द्रजंग शाही १, हिमान्सु शाही ८, राजप्रसाद शाह १ रनमा आउट भए ।

लुम्बिनीका लागि एकलाख अहमेदले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अजय कुमार चौहानले ४ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । मोहम्मद हुसेन र सन्देश थापाले १/१ विकेट लिए । खेलको प्लेयरअफ दी म्याच एकलाख अहमेद घोषित भए ।

दोस्रो खेलमा वर्षा बाधक बन्दा मधेशलाई घाटा हुन पुग्यो । ११ ओभरको खेल सकिदासम्म मधेश ६४ रन बनाउँदा ४ विकेट गुमाएको स्थितिमा थियो । वर्षाका कारण हिमाल फ्रेन्स डीएल मेडथ अनुसार ३ रनले विजयी भयो । खेल रोकिनुअघि मधेशका ओपनर रोहन विकले ३० रनको योगदान दिएका थिए । उनले २७ बलमा ४ चौका प्रहार गरे । रवि सिंहले १८ रन बनाए । उनले २३ बलमा १ चौका र १ छक्का प्रहार गरे । एक्युव अन्सारी ४ र अरनिको यादव ५ रनमा आउट भए । विशाल सुस्लिङ ३ र दिपेश दास १ रनमा नटआउट रहे ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको हिमाले फ्रेन्डसले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनायो । आयुव चन्दले सर्वाधिक ३६ रनको योगदान दिए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । अभिनाश सिंहले १६ रनको योगदान दिए । अरुण दानी १५ रनमा नटआउट रहे । सन्जय बोहोराले २२ रनको योगदान दिए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर सुबोध ऐरी ८, सुनम बुढाथोकी, दिपक रोकाया र अभिनाष बस्याल शुन्य, सन्दिप भण्डारी ५ तथा मनसुन सिंह ३ रनमा आउट भए । मधेशका लागि विशाल सुस्लिङले ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । रुपेश सिंह र प्रदिप पासवानले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच दिपक रोकाया घोषित भए ।

हिमाल फ्रेन्ड्सको कुल ३ खेलबाट २ जितसहित कुल ५ अंक रह्यो । समान खेल खेलेको लुम्बिनी २ जित १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । ३ खेलमा १ जित १ हारसहित कर्णालीको ३ अंक रहँदै तेस्रो स्थानमा रहँदा ३ खेलमै हार व्यहोरेको मधेश अंकविहिन हुँदै बाहिरियो । प्रतियोगितामा यस अघि काठमाडौं, गण्डकी हिरोज सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको दशौं दिन भोलि समूह ‘डी’ तर्फको सुन्दर हेरचाह आईसिसी र आत्रेय क्रिकेट क्लबबिच पहिलो तथा मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब बिच दोस्रो खेल हुनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ