पोखरा । देशका केही स्थानमा आज सोमबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन