प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि

प्रथम एलिट भलिबल कपको सेमिफाइनल र फाइनल खेल भोलि

Mina

प्रथम एलिट भलिबल कपमा महिलातर्फ बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम फाइनलमा प्रवेश गरेका छन् ।
एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा एलिट भलिबलले पिएन क्याम्पस र बागलु नगरपालिकाले शान्ता भलिबल क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

एलिटले पिएन क्याम्पसलाई पहिलो सेट २५–११, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–८ ले पछि पा¥यो । बागलुङले शान्ता भलिबललाई ३–१ ले हराउन सफल रह्यो । पहिलो सेट १५–२५ ले गुमाएको बागलुङले दोस्रो सेट २५–२१, तेस्रो सेट २६–२४ र चौथो सेट २५–१४ ले आफ्नो पक्षमा पा¥यो ।

सोमबार पुरुषतर्फको सेमिफाइनल र फाइनल खेल हुनेछन् । बिहान साढे ७ बजे पुरुषतर्फको पहिलो सेमिफाइनल पिएन क्याम्पस र पर्वतबिच हुनेछ । दोस्रो सेमिफाइनल पिरामिड कन्ट्रक्सन हङकङ र न्यू डायमण्ड म्याग्दीबिचको खेल ९ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको सेमिफाइनलपछि महिलातर्फको फाइनल खेल हुनेछ । महिलातर्फ फाइनलमा बागलुङ नगरपालिका र एलिट भलिबल ‘बी’ टिम भिड्नेछन् । त्यसपछि पुरुषतर्फको फाइनल खेल हुनेछ । उक्त खेल साढे एक बजे सुरु हुने आयोजकले जनाएको छ ।

आइतबार भएको पुरुषतर्फका खेलमा पर्वत र न्यू डायमण्ड म्याग्दी विजयी भएका थिए । पर्वतले देउराली युवा क्लबलाई २५–१९, २५–१५ र २५– २३ ले हरायो । न्यू डायमण्ड म्याग्दीले एलिट भलिबललाई ३–१ को सेटले पराजित ग¥यो । २८–३० ले गुमाएको न्यू डायमण्डले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१९ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ