दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा आज १२ बजेसम्म ‘कर्फ्यू’ जारी

दुई पक्षबीच झडप भएपछि वीरगञ्जमा आज १२ बजेसम्म ‘कर्फ्यू’ जारी

Birgunj-jhadap

पर्सा । पर्साको वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि ‘कर्फ्यू’ लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो ।

अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो बेलुकी साढे ७ बजेदेखि आज दिनको १२ बजेसम्मका लागि ‘कर्फ्यू’ आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि ‘कफ्र्यू’ आदेश जारी गरिएको बताए । कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी ‘कफ्र्यू’ आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमः सिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म ‘कफ्र्यू’ आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म तथा दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म ‘कफ्र्यू’ आदेश कायम रहने प्रशासनले जनाएको छ ।

यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रण गर्न प्रहरीले दुई राउन्ड हवाईफायर र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपमा झडपमा परेर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ