नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन 

नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन 

download (1)

पोखरा । नेकपा (एमाले)निकट उद्योग-व्यवसायीको संगठन नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशले नयाँ वर्ष २०८२ को क्यालेन्डर विमोचन गरेको छ । कास्की जिल्ला कमिटीसँगको समन्वयमा पोखरामा शुक्रबार एक कार्यक्रममार्फत क्यालेन्डर विमोचन, शुभकामना आदानप्रदान एवं सम्मान गरिएको हो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, महासंघ केन्द्रीय उपाध्यक्ष शोभा गुरुङलगायतले क्यालेन्डर सार्वजनिक गरे । कार्यक्रममा बोल्दै सचिव दवाडीले सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न उत्पादनमा जोडिन आवश्यक रहेको बताए । नेपालको प्रमुख समस्या अस्थिर सरकार भएकाले स्थिरता नहुँदासम्म उद्योग-व्यवसाय नफस्टाउने उनको भनाइ थियो । गण्डकी प्रदेशको सम्भावना सेवा उद्योगमा देखेकाले त्यसमा ध्यान दिन उनले व्यवसायीलाई आग्रह गरे ।

कार्यक्रममा हालै सम्पन्न नेपाल उद्योग तथा व्यवसायी महासंघको अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित शोभा गुरुङ र केन्द्रीय सदस्य निर्वाचित उमराज बास्तोलालाई सम्मान गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ