म्याग्दीमा बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु

म्याग्दीमा बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर किशोरीको मृत्यु

death body

म्याग्दी । मुस्ताङबाट म्याग्दीको बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओली रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गए राति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका– ९, गलेश्वरस्थित धर्मशाला परिसरभित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उनी गम्भीर घाइते भएकी थिइन् ।

गम्भीर घाइते उनलाई बेनी प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ