ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने

ल्वाङगाउँ भलिबलः उपाधिका लागि युके लण्डन र घाचोक भिड्ने

महिलातर्फ धम्पुस र घलेल भिड्ने

Final Photo

पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा जारी ऐतिहासिक ३१ औं चैत्र दशैं मेलामा पुरुष भलिबलतर्फ युके लण्डन र घाचोक उपाधिका लागि भिड्ने भएका छन् ।

क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार युके लण्डन र टि गार्डेनबीच शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा टि गार्डेनलाई २५–१८, २५–२० र २५–१९ को सोझो सेटले पराजित गर्दै युके लण्डन फाइनलमा प्रवेश गरेको हो ।

यस्तै दोस्रो सेमिफाइनल खेलमा घाचोकले स्याङ्जालाई ११–२५, २५–१८, २५–२१ र २३–२५ को सेटमा पराजित गर्दै फाइनलमा युके लण्डनसँगको भेट पक्का गर्याे ।

उक्त फाइनल खेल शनिबार हुने खेल संयोजक अनोद गुरुङले जानकारी दिए । उनका अनुसार तृतीय स्थानका लागि भने टि गार्डेन र स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ यसअघि नै हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन् । उक्त खेल पनि शनिबार नै सम्पन्न हुने गुरुङले बताए ।

कुल २४ टिमको सहभागिता रहेको पुरुषतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव निरोज गुरुङले बताए ।

उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ । गत २४ गतदेखि सञ्चालनमा रहेको सो मेलामा खेलकुदका गतिविधिसँगै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ