दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै

दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै

durga prasai

फाइल तस्वीर

काठमाडौँ । भारतमा समातिएका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट आज काठमाडौँ ल्याउँदैछ ।

यही चैत १५ गते राजावादीले गरेको हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका प्रसाईं भारतमा समातिएपछि प्रहरीले बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको थियो ।

प्रसाईंलाई काठमाडौँ ल्याएर सङ्गठित अपराध, राज्यविरुद्धको कसूर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

भारतको आसामबाट समातिएका प्रसाईंलाई सुपुर्दगी सन्धि अभावका कारण अनौपचारिक रुपमा छिमेकी प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

१५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए भने उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक केन्द्र गरी कुल ४० संरचनामा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।

त्यस्तै सार्वजनिक तथा निजी गरी ६९ वटा गाडीमा क्षति पुगेको थियो । घटनामा दुई जनाको ज्यान जानुका साथै १ सय २९ जना घाइते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ