कतारमा गुञ्जिँदै रेशम निर्दोष र सिमरन परियार

गीत संगीत

कतारमा गुञ्जिँदै रेशम निर्दोष र सिमरन परियार

अप्रिल १८ तारिख, शुक्रबार दोहामा कार्यक्रम हुँदैछ

MixCollage-10-Apr-2025-11-53-PM-233

नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा कलाकर्मीलाई स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा भ्याइनभ्याई हुन्छ ।

लोकदोहोरी कलाकारको दौडधूप झनै बढी देख्न सकिन्छ । चर्चित प्रत्यक्ष दोहोरी कलाकार रेशम निर्दोषका साथै नवप्रतिभा सिमरन परियार कतारको दोहामा सांगीतिक प्रस्तुति दिनका लागि जाने भएका छन् ।

‘बागलुङबासीको चाहना, शान्त समृद्ध स्वदेशको कामना’ भन्ने मूल नाराका साथ बाग्लुङ सेवा समाज दोहा, कतारको संरक्षणकत्वमा बाग्लुङ सेवा समाज कतारको बहुउद्देश्य अक्षयकोष स्थापना गरिएको छ ।

यसै संस्थाको प्रथम अधिवेशन यही अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँदैछ । सोहि अधिवेशनका अवसरमा सांस्कृतिक साँझ पनि हुने कार्यक्रम संयोजक रमेश भट्टले जानकारी दिए । सांस्कृतिक साँझमा नेपालबाट दुई कलाकार त्यहाँ जान लागेको आयोजकले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ