काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुर्गा प्रसाईंलाई पक्राउ गरेको तथ्य पुष्टि गर्न इन्कार गरेको छ ।
भारतको आसाममा पक्राउ गरेर नेपाल ल्याउँदै गरेको सूचना चुहिएपछि प्रहरी प्रधान कार्यालयले ‘हालसम्म प्रसाईं पक्राउ नपरेको’ जिकिर गरेको छ ।
प्रहरी प्रवक्ता (डीआईजी) दिनेशकुमार आचार्यले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौँ ।’

सचिवालय भन्छः आसाम प्रहरीसमक्ष आत्मसमर्पण
प्रसाईंको सचिवालयले चाहिँ सामाजिक सञ्जाल फेसबुकमार्फत आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको दाबी गरेको छ ।
सचिवालयको फेसबुक पेजमा केहीबेरअघि स्टाटस मार्फत उक्त जानकारी गराएको हो ।
९:१३ मा हालिएको फेसबुक स्टाटसमा लेखिएको छ, ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंज्यूले आफ्नो सुरक्षा को लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ, हिजोमात्र हामी ले भिडिओ मार्फत हाम्रो ज्यानको सुरक्षा को ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं,भनेका थियौं र आज उपस्थित भयौं !’
यस्तै, राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति नामक समूहका प्रवक्ता स्वागत नेपालले पनि विज्ञप्ति प्रकाशित गर्दै दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आफ्नो ज्यानको सुरक्षासहित नेपाल प्रवेश गर्न सहयोग गरिदिन अनुरोध गरेपछि इण्डियाको आसामको गुवाहाटीबाट नेपालको सीमासम्म ल्याईपुर्याउने कार्यमा भारतीय प्रहरीले सहयोग गरेको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर
१४ महिनापछि राजीनामा दिन्छु अनि शेरबहादुरजी प्रधानमन्त्रीः ओली [भिडियो]
‘मन्त्री नै अनलाइनका समाचारदाता रहेछन्, क्याबिनेट बस्दा अब मोबाइल बाहिरै’: प्रवक्ता गुरूङ
सामाजिक सञ्जाल कम्पनी दर्ता गर्न ७ दिने अल्टिमेटम, दर्ता नभए प्रतिबन्ध लगाउने
सत्ता समीकरण फेरबदल नहुने देउवाको प्रष्टीकरण [भिडियो]
सरकार ढल्ने हल्ला सुनेर हामी छक्क पर्यौं, देउवा र ओलीबीच हिजो फोनमा कुराकानी भयो- डा. आरजु [भिडियो]
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध