गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै

कोटिहोम महायज्ञ

गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै

kotihom nach

पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा स्थानिय भक्तजनहरुको उपस्थिति बाक्लिँदै गएको छ ।

महायज्ञको पूर्वसन्धयामा अहिले बिरौटाको प्रगति टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । हरेक दिन भैरहेको उक्त कार्यक्रममा भक्तजनहरुको सहभागिता बढ्दै गएको छ ।

विशेष गरी महायज्ञको पूर्वसन्ध्याको अवसरमा भारतको उडिसा क्षेत्रमा निकै लोकप्रिय सूर्य गुरुकुलका शास्त्रीय कलाकारहरुको सहभागिता रहेको थियो ।

त्यस्तै, राष्टिय भजन गायकहरुका प्रस्तुती, लिलामय कलाकारका झाँकी प्रस्तुती, मानव सेवा फाउण्डेसनका कलाकारहरुका प्रस्तुती संगै मानव सेवा फाउण्डेसन नेपालद्वारा सञ्चालित मामाघर आश्रमका बालबालिकाका विविध प्रस्तुतीहरु पनि प्रस्तुत भइरहेका छन् ।

त्यस्तै, भोलिबाट नेपालकै कान्छी भागवत् वाचिका बाल बिदुषी अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ