गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

Gorakha-pakrau

गोरखा । गोरखामा सवारी ज्यान मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१ का ३६ वर्षीय कुमारबाबु नेपाली रहेका हुन् ।

उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी बुधबार पक्राउ परेका हुन् ।

बिहीबार उनलाई जिल्ला अदालत पठाइएको र अदालतबाट कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ