ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा

राजनीति

ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा

निर्मल निवासमा बस्दा त यस्तो, नारायणहिटीमा भएको भए के गर्थे ?

gagan_thapa-_gyandra_shah

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री गगन कुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जति धोइपखाली गरेपनि संवैधानिक बनाउन नसकिने बताएका छन्।

नेपाली कांग्रेस बागमती प्रदेशले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वराजा ज्ञानेन्द्रलाई धोएर सफा गरेर कसैले पनि संवैधानिक बनाउन नसक्ने बताएका हुन्। निर्मल निवासमा बसेर उत्पात मच्याउने ज्ञानेन्द्रले नारायणहिटी दरबारमा बसेको भए के गर्थे होलान् भन्दै प्रश्न समेत गरे।

‘नेपालको राजा कसैले पनि धोएर जति सफा गरे पनि उसलाई कसैले संवैधानिक बनाउन सक्दैन,’ उनले भने, ‘कांग्रेस लामो अनुभव गरेर त्यो निर्णय गरेको हो।’

कांग्रेस नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ मान्यता राख्ने पार्टी भएको बताउँदै राजसंस्था भएका अन्य मुलुकको चरित्रजस्तो नेपालको राजसंस्थाले देखाउन नसकेको उनले दावी गरे।

‘पार्टीको स्थापना भएदेखि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो। ८ वर्ष झ्यालखानामा कोचिएको वीपी कोइरालाले सातवटा ज्यानमुद्दा लिएर नेपाल फर्किदै गर्दै गणेशमान र वीपी कोइराला उभिएर त्यो बेलामा नेपालको राजसंस्थालाई संवैधानिक बनाउनुपर्छ भन्ने मान्यता राखेको पार्टी हो। ०४६ सालको परिवर्तनपछि पनि त्यही मान्यता राखेको पार्टी हो,’तर पूर्वराजा ज्ञानेन्द्रले त्यो बुझेनन्।’

प्रजातन्त्रको पक्षमा लड्दा राजाले नै आफ्ना पार्टीसभापति शेरबहादुर देउवालाई थुनेको बताए। राजा वीरेन्द्रको बंशनास हुँदा कपाल खौरेर आफू १३ दिन क्रिया बसेको उनले स्मरण गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ