काठमाडौं महानगरका कर्मचारी तथा पेशागत संगठनले मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहलाई कारबाही गर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार स्वकीय सचिव भूपदेव शाहलाई कारबाहीको माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएका हुन्।
‘प्रमुखको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले आचरण विपरीत अनधिकृत ढंगले सार्वजनिक सञ्चार माध्यममार्फत् उपमेयर, वडाध्यक्ष लगायतका व्यक्तिहरूलाई लाञ्छित गर्ने प्रयास गर्दै कर्मचारीको आचरण उल्लङ्घन गरेको हुँदा निजलाई कानून बमोजिम हदैसम्मको कारबाही गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ।
चैत २१ गते मेयर बालेन शाहले कार्यकारी गुरागाईंलाई कार्यालयमा प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए। त्यसका बाबजुद गुरागाईंलाई उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूले कार्यालय प्रवेश गराई हाजिर गराएका थिए।
उक्त घटनापछि स्वकीय सचिव भूपदेव शाहले भ्रष्टाचारी कार्यकारीलाई जबर्जस्ती कार्यालय प्रवेश गराएर नाटक मञ्चन गरेको आरोप लगाएका थिए।
राजु पाण्डेलाई निलम्बन गर्न महानगरका ५ कर्मचारी संगठनको माग
यस्तै, कर्मचारी युनियनले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई समेत महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग गरेको छ।
उनीहरूले अघि सारेको मागको १ नम्बर बुँदामै केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय र कार्यकक्ष छिर्न नदिन राजु पाण्डे नेतृत्वको महानगर प्रहरीको व्यवहारसँग सम्बन्धित छ ।
‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्’, कर्मचारीहरूको माग छ ।
त्यो दिन महानगर प्रहरी बलका प्रमुख पाण्डे आचरणविपरीत उत्रिएको ठहर गर्दै कर्मचारी संग-संगठनले तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरिएको छ ।
ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पराजुलीले हस्ताक्षर गरेका छन् ।
मेयर बालेनसँग सुमधुर सम्बन्ध कायम राख्दै समृद्ध महानगर बनाउन चाहने प्रतिवद्धता जनाउँदै उनीहरूले मेयरको सचिवालयका कर्मचारी र सल्लाहकारहरूबाट वितृष्णा जगाउने र आम कर्मचारीले असहयोग गरेको दिलाउने गरी अफवाह फैलाउने प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।
कानून विपरीतका र कानूनले नचिनेका समिति, संस्था प्रणालीभन्दा बाहिरका मानिसलाई जागिर खुवाउनका लागि बनाइएका संयन्त्र खारेज गर्न पनि उनीहरूले ध्यानाकर्षण गराएका छन् ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की