सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ