काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते

काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा दुर्घटना, ११ जना घाइते

accident-road_traffic

काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।

प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको बस आज बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको हो । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो । हाइसका यात्रु भने सकुशल छन् ।

बसको चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ