मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

police death

बाँके । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असइ) को ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत असइ ४५ वर्षीय टोपबहादुर बस्नेतको आज दुर्घटनामा परी ज्यान गएको हो ।

बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना भएको थियो ।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो।

उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ