पत्रकार हरि पन्तलाई पितृशोक

शोक

पत्रकार हरि पन्तलाई पितृशोक

hari-panta-father-dies

पोखरा । पत्रकार हरि पन्तलाई पितृशोक परेको छ । उनका पुजनीय पिता रोहिणीप्रसाद पन्तको ७१ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।

धादिङको साविक आगिञ्चोक–३ गाविस हाल त्रिपुरासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा–५, पर्स्याङ निवासी रोहिणी लामो समयदेखि दम रोगबाट अस्वस्थ थिए।

स्व. पन्तको मंगलबार नै रामघाटमा अन्त्येष्टि भयो । त्यसअघि, पोखरा–१४, देउराली टोलबाट शवयात्रा भएको थियो । उनी २ दिनअघि माहिला छोरा गणेशको निवास पुगेका थिए।

उनका श्रीमती विन्दा पन्त, ४ छोरा, २ छोरी र १२ नातिनातिनी छन् । छोराहरु हरिसहित गणेश, कुमार र कुशल पन्त तथा छोरीहरु सानु अधिकारी र राधिका गौतम हुन्।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्यसमेत रहेका पत्रकार हरि पन्त विभिन्न मिडिया तथा सामाजिक संघसंस्थामा आबद्ध छन्।

नीतिप्रेसका कार्यकारी सम्पादक उनी हाम्राकुरा डटकमका गण्डकी प्रदेश प्रमुख हुन् । धादिङ पोखरा सम्पर्क समाजका निवर्तमान महासचिव उनी हाल सल्लाहकार छन् । उनी होटल प्रतिनिधि समाज पोखरा, कपडा व्यवसायी एसोसिएसन पोखरा र थोक व्यवसायी संघ कास्कीमा प्रेस सल्लाहकार भूमिकामा छन् ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा–५ का सचिव उनी नेपाल प्रेस युनियन कास्कीमा पनि छन् । बाबुको काजकिरिया पोखरा–५, पर्स्याङमा हुने परिवारजनले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ