काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ

काठमाडौँको तीनकुने घटनामा थप ६ जना पक्राउ

tinkune-pakrau

काठमाडौँ । काठमाडौँ तीनकुने क्षेत्रमा भएको राजावादी प्रर्दशनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेहरुमा सर्लाही कबिलासी ६ का २२ वर्षीय अमित साह, सुनसरी धरानका १९ वर्षीय सुमन कार्की, बर्दिया बारबर्दिया २ का ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्दलेख ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रे नमोबुद्द १५ की ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोक बाह्रबिसे ९ का ३० वर्षीय कुमार तामाङ छन् ।

उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ