लुम्बिनी । रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु १ च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिएको थियो।
मृत्यु हुनेमा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादव रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
सामान बोक्न प्रयोग गरिने पिकअप भ्यानमा क्षमताभन्दा बढी यात्रु सवार हुँदा भारवहन क्षमता बढी भई दुर्घटना भएको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २६औँ स्मृति दिवस
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध