पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ ।
आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुने छ ।
सोही क्रममा गुरू विजय कृष्णमुर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसमा केही गल्ती भए सुझाव दिन आग्रह गरेका छन् ।

महायज्ञको संकल्प सभा पनि गरिएको छ । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्तीजी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिँदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसको महत्व, यज्ञको महिमा, हवनको महिमा, कोटिहोम महायज्ञको उद्देश्य लगायतको विषयमा जानकारी दिएका थिए ।
कोटिहोम महायज्ञमा संकलन भएको रकमले खर्च व्यवस्थापन भएर शेष रहेको रकमबाट पोखरामा १७ मा रहेको हरिहर मन्दिर, मुक्तेश्वर मन्दिर र कैलाशधाम मन्दिरको विकासको लागि पहल गर्ने लगायतको बिषयमा पनि जानकारी दिए ।

गत महिना नै बाराहीघाटमा सञ्चालन हुने भनिएको महायज्ञ पोखरा महानगरपालिकाको अवरोधका कारण त्यहाँ हुन सकेन र भूमिपूजनका बेला झडपको अवस्था पनि सिर्जना भएको थियो । विवाद समाधान समिति बनाएरै महायज्ञको स्थान परिवर्तन गरेपछि सौहार्दपूर्ण रुपमा महायज्ञ सञ्चालन गर्ने वातावरण बनेको हो । पोखरा महानगरपालिकाले पनि यस महायज्ञलाई स्वीकृति र सहमति प्रदान गरेको छ ।





भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।
सम्बन्धित खबर
२० औं फेवा नव वर्ष महोत्सव सुरु
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण