दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

दक्षिण कोरियामा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

korea_fire

पोखरा । दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रमा जङ्गलको आगो निभाउन गएको हेलिकप्टर दुर्घटना हुँदा पाइलटको ज्यान गएको छ ।

थेगु शहरको पहाडमा लागेको आगो निभाउने प्रयास गर्दा हेलिकप्टर दुर्घटना भएको स्थानीय अग्नि नियन्त्रक कार्यालयले जनाएको छ ।

पाइलटको पहिचान र दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन।

त्यस क्षेत्रको आगो भने एक घण्टामै निभाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

यो दुर्घटना गत महिना दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रहरूमा अहिलेसम्मकै सबैभन्दा भयानक वन आगलागी भएको बेला भएको हो। तीव्र हावा र सुख्खा मौसमका कारण धेरै ठाउँमा आगलागीले ठूलो विनाश निम्त्याएको छ ।

गत महिनाको अन्त्यमा दक्षिण कोरियामा लागेको आगलागीले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। यस आगलागीमा परेर हालसम्म ३१ जनाको मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ