विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो

विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो

ktm

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । निकै अस्वस्थकर हावायुक्त देशहरुको सूचीमा नेपाल विश्वकै दोस्रो स्थानमा छ । पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन् ।

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६ बजे नेपालको राजधानी काठमाडौँको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) २११ छ । भारत नयाँदिल्लीको २७७ र पाकिस्तान लाहोरको २०८ छ ।

लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ ।

वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ