पोखरा २० भलाममा छात्र/छात्रा ५ र ३ किमि दौड चैत्र २९ गते हुँदै

पोखरा २० भलाममा छात्र/छात्रा ५ र ३ किमि दौड चैत्र २९ गते हुँदै

photo

पोखरा । पोखरा महानगर पालिका वडा नं २० मा मासिक/साप्ताहिक दौड अन्तर्गत विद्यालयस्तरीय छात्र/छात्रा ५ र ३ किमि दौड यहि चैत्र २९ गते शनिबार हुने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा पोखरा महानगर पालिका वडा नं २० को समन्वयमा उक्त दौड आयोजना हुन लागेको मञ्चका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका हुन् । सो दौड पोखरा रंगशाला बाहिर पहिलो पटक आयोजना हुन लागेको हो ।

पोखरा महानगर पालिका भित्र रहेका ३३ वटै वडामा मासिक/साप्ताहिक दौड आयोजना गर्ने गरी मञ्चले आफ्नो योजना अघि बढाएको सो कार्यक्रमका संयोजक तेज बहादुर गुरूङले जनाएका छन् । उनले भने–“यो हाम्रो मात्रै पहलले हुँदैन यसमा विशेष गरी पोखरा महानगर पालिका, सरोकारवालाहरु, विद्यालयहरु विभिन्न संघ संस्थाहरुको सहकार्य आवश्यक छ । स्वस्थ्य नागरिक उत्पादनका लागि दौड संस्कृतिको विकास र खेलाडी उत्पादन यसमा जोडिएको महत्वपूर्ण विषय हो ।”

मञ्चले पोखरालाई दौडै दौडको शहरमा अघि बढाउन तथा यूवा खेलाडी उत्पादन हेतु विगत तीन महिना देखि निरन्तर विद्यालयस्तरीय छात्र÷छात्रा दौड आयोजना गर्दै आएको छ ।

पोखरा रंगशालामा सम्पन्न तीन संस्करणको दौडमा विभिन्न विद्यालयका करिव ३ हजार भन्दा बढिको सहभागिता भइसकेको छ । वडा नं २० भलाममा आयोजना हुने उक्त प्रतियोगिताले त्यस क्षेत्रको पहिचान बनाउन समेत योगदान पुग्ने बिताउँदै दर्ता खुल्ला गरिएको मञ्चले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ