जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते

jeep acc

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजाल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान साढे ३ बजेतिर मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका भुवन पोखरेल र बसन्त पोखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ