पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ ः चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका थिए।
कार्यशालाको उद्घाटन गर्दै कलेजकी प्रिन्सिपल लीना नेगी श्रेष्ठले यस्ता कार्यक्रमले शिक्षकहरूलाई सशक्त बनाउने र विद्यार्थी केन्द्रित शिक्षण विधिबाट गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यशालामा प्रशिक्षक दीपेन्द्र पहारीले सहजीकरण गरे । उनले विविध सिकाइ शैली र विद्यार्थी संलग्नता, प्रविधि समायोजन र डिजिटल उपकरणहरूको प्रयोग, मूल्याङ्कनका कठिनाइहरू तथा शिक्षकको कार्यभार र पेशागत विकास जस्ता समसामयिक शैक्षिक चुनौतीहरूमाथि प्रस्तुती दिएका थिए ।
कार्यक्रमको अन्त्यमा बीसीएसआईटी संयोजक हरि बरालले समापन मन्तव्य व्यक्त गर्दै यस्ता कार्यशालाले शिक्षण विधिमा नवीन सोच र अभ्यासको विकास हुने उल्लेख गर्नुभयो। कार्यक्रमको सञ्चालन बीबीएका संयोजक सरोज कुँवरले गरेका थिए ।
पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्ट सन् २००२ मा स्थापना भएको हो । कलेजले ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन, ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन फाइनान्स तथा ब्याचलर इन कम्प्युटर सिस्टम एन्ड इन्फरमेसन टेक्नोलोजी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कोटिहोम महायज्ञमा प्रवचन दिँदै
पत्रकार हरि पन्तलाई पितृशोक
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
हेमजामा आलु महोत्सव सुरू, वैशाख ३ गतेसम्म चल्ने
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर